आफ्नै रेस्टुरेन्टकी कर्मचारीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप
काठमाडौं । काभ्रेली समूहमा अाबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।
काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक उनले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले अनलाइनखबरलाई बताए ।
काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ ।
Wednesday, June 13, 2018
जबरजस्तीकरणीको आरोपमा काभ्रेली समूहका डन ‘स्याल’ समातिए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment