Videos

Funny Videos

Wednesday, June 13, 2018

स्कुटीमा सवार रहेकी युवतीको देखियो यस्तो डरलाग्दो दुर्घटना हेर्नुहोस् Live भिडियोमा

स्कुटीमा सवार रहेकी युवतीको देखियो यस्तो लाजमर्दो घटना हेर्नुहोस् Live भिडियो
युट्युबमा राखिएको एक भिडियो हालसम्म २ लाख भन्दा पनि धेरैले हेरिसकेका छन्.नया नया दर्शकले रुचाउने

खालका भिडियोहरुले आजकल युट्युब मार्फत निकै चर्चा बटुल्न सफल पनि भएको छ.यो भिडियो बनाइदै गर्दा यसरी घटना घटना सक्छ भन्ने कसैको दिमागमा पनि थिएन होला.रोयल समिर नाम गरेको युट्युब च्यानलबाट प्रस्तुत गरिएको यस भिडियोबारे सानो कथावस्तु यस्तो रहेको छ

चिनियाँ कम्पनीलाई डेटा बाँड्दै फेसबुक

अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी फेसबुकले प्रयोगकर्ताका डेटा अन्यत्र बाँडेको समाचार सेलाउन नपाउँदै अर्को यस्तै तथ्य सार्वजनिक भएको छ । चिनियाँ ह्यान्डसेट उत्पादक हुआवेई, लेनोभो, ओप्पो, टिसीएललगायतका कम्पनीलाई अवैध रुपमा प्रयोगकर्ताका डेटा बाँडेको अभियोग फेसबुकलाई लागेको छ ।


चीनमा सन् २००९ देखि फेसबुक प्रतिबन्धित छ । केही वर्षयता यसका संस्थापक मार्क जुकरबर्ग चीनमा फेसबुक संस्कृति पुन:स्थापना गर्न लागिपरेका छन् । तर, यस्तो गैरकानुनी तरिकाले डेटा बाँडेको तथ्य सार्वजनिक भएपछि चीनले फेसबुकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना न्यून देखिएको छ ।

फेसबुकका पदाधिकारीले भने यी सबै अभियोग गलत भएको बताएका छन् । भन्छन्, “हामीले प्राप्त गरेका डेटा सर्भरमा नभई फोनमा मात्र स्टोर हुन्छन् ।” तर, यसको थप पुष्टि नहुने बेलासम्म विश्वास गरिहाल्ने आधार भने छैन ।



अर्गचर्म काटिएकोमा यौनांग समस्या कम

पुरुष लिंगको सुपारी आकारको टुप्पो छालाले छोपिएको हुन्छ, जसलाई अग्रचर्म भनिन्छ । पुरुष लिंगमाथिको छाला तल माथि गर्न, लिंगको टुप्पालाई ओसिलो राख्न तथा यौनसम्पर्क सहज बनाउन अग्रचर्ममुनि स–साना आकारका असंख्य ग्रन्थि हुन्छन् । यही ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भै सेतो देखिन्छ । यो स्वभाविक प्रक्रिया हो । अग्रचर्म नकाटिएका व्यक्तिको अग्रचर्ममुनि सेतो पदार्थ जम्ने प्रक्रिया अलि छिटो सम्पन्न हुन्छ ।
व्यक्तिपिच्छे निश्चित खालको शारीरिक गन्ध कसैलाई मनपर्ने त कसैलाई नपर्ने हुन्छ । निरन्तरको सामीप्यतापछि आफ्नो यौनसाथीको शारीरिक गन्धमा मिठास महसुस भै यसैलाई यौन आकर्षण मानिन थाल्छ । दुई व्यक्तिबीचको प्रणय सम्बन्ध प्रगाढ हुने कार्यमा शारीरिक गन्धले विशेष प्रभाव पार्छ । यस्तो प्रकारको गन्धलाई प्राकृतिक मान्नुपर्छ । यौनांग वरिपरि पसिना आउने र पिसाबको थोपा पर्ने कारणले यस्तो गन्ध बढी आउँछ । कुनै यौनसाथीलाई उक्त गन्ध नमीठो लागे गन्धनाशक डिओडरेन्ट प्रयोग गर्न सकिन्छ ।


आफ्नो शारीरिक गन्धप्रति कसैले नकारात्मक टिप्पणी गरेको खण्डमा सरसफाइमा ध्यान पुर्‍याउनु आवश्यक छ । नमीठो शारीरिक गन्धले यौनांग स्पर्श तथा लिंग मुखमैथुनका पारखीलाई नकारात्मक असर पुग्न सक्छ । यसका लागि नियमित सरसफाई गर्ने तथा भित्री लुगा नियमित फेर्ने बानी बसाल्नुपर्छ । पुरुष लिंगमा साबुन, पाउडर वा डियोडेरेन्ट प्रयोग गर्दा एलर्जी हुनसक्ने सम्भावनाप्रति सजग रहनुपर्छ । जीवाणु तथा ढुसीको संक्रमणको शंका लागे सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ ।

कतिपय अध्ययन अनुसार अग्रचर्म काटिएका व्यक्तिमा एचआईभीलगायत यौनांगको संक्रमण एवं क्यान्सर हुने सम्भावना तुलनात्मक रूपमा कम पाइएको छ, तर यसो भन्दैमा सबैले अग्रचर्म काट्नैपर्छ भन्ने होइन । सामान्य भन्दा बढी एवं संक्रमण हुन थालेको खण्डमा प्रभावित भाग चिलाउने, रातो हुने, सुन्निने, दुख्ने आदि हुनसक्छ ।

कहिलेकाहीँ पुरुष लिंग माथिको छाला साँगुरिएर वा लिंगमा टाँसिएर अग्रचर्म फेदतिर फर्काउन मिल्दैन, अर्थात् टुप्पाको अग्रचर्म साँगुरिएका व्यक्तिको लिंगको छालामुनि सेतो पदार्थ जम्मा हुने सम्भावना हुन्छ । अधिकांश नवजात शिशुमा अग्रचर्म टाँसिएको भए पनि समयक्रमसँगै छुट्टिँदै जान्छ । करिब १० प्रतिशतमा भने यो समस्या यथावत रहन्छ । जसको उपचारका क्रममा अग्रचर्म काट्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त लिंगको सुजन, यौनांगको छालाको सुजन तथा लिंगमा पंmगल संक्रमणले पुरुष लिंगलाई रातो बनाउन सक्छ । यस्तै सोरियासिसको समस्यामा बाक्लो अलग्गै रातो दाग बस्ने तथा हर्पिसको संक्रमणमा दुख्ने खालका राता स–साना बिमिरा तथा पानीको फोका उठ्ने हुन्छ । विभिन्न उद्देश्यका लागि पुरुष लिंगमा प्रयोग गरिएको कृत्रिम जेल वा झोलका कारण एलर्जी उत्पन्न भएर रातोपन देखापर्न सक्छ ।



राप्रपामा दुई लाइन : ज्ञानेन्द्रसँग नजिक हुने कि कांग्रेससँग ?

 पार्टी एकताका लागि वार्ता समितिसमेत बनाइसकेका राप्रपाका दुईवटा समूहभित्र पूर्वराजा ज्ञानेन्द्रसित नजिक हुने कि नेपाली कांग्रेस लगायतका गणतन्त्रवादी शक्तिसँग नजिक हुने भन्ने विषयमा दुईवटा धार देखिएका छन् ।

विशेष गरी पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकभित्र कमल थापासँग पार्टी एकता गर्ने कि कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई फरक लाइन देखा परेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्ने नेताहरु कमल थापासँग एकता गरेर संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्रको नारामा अघि बढ्नुपर्ने लाइनमा छन् । राप्रपा प्रजातान्त्रिककै अर्को समूहचाहिँ गणतन्त्रलाई स्वीकार गर्दै कांग्रेस र राजपासँग एकता गर्नुपर्ने पक्षमा उभिएको छ ।


कमल थापाको पार्टीभित्र चाहिँ कांग्रेससँग मिल्नुपर्छ भन्ने धार देखिएको छैन । यद्यपि पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकता गर्नुपर्छ र गर्नुहुँदैन भन्ने अन्तरविरोध कमल थापाको पार्टीभित्र देखा परेको छ ।

राजा ज्ञानेन्द्रका विश्वासपात्र मानिँदै आएका राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनीले भने अहिलेसम्म कुनै वार्ता समिति गठन गरेका छैनन् । तर, उनी राजतन्त्रकै लाइनमा उभिँदै आएका छन् र उनी कमल थापालाई नेता मानेर पार्टी एकता गरिहाल्ने पक्षमा छैनन् ।

पूर्वराजादेखि कार्यकर्तासम्मको दबाव

केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा शर्मनाक पराजयपछि देशभरिका कार्यकर्ताहरुबाट तीनवटै राप्रपा समूहलाई एकताका लागि दबाव आइरहेको छ । यहाँसम्म कि पूर्वराजा ज्ञानेन्द्रले पनि पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई भेटेर चाँडो एकता गर्न भनेका छन् ।

स्रोतका अनुसार ज्ञानेन्द्रको सुझाव छ कि यदि राप्रपा समूहहरु मिले भने तिनीहरुको भविश्य छ र तिनलाई उनको पनि समर्थन रहनेछ । तर, तिनीहरु पार्टी एकतामा असफल भए भने राप्रपाको कुनै भविश्य छैन र उनीहरुलाई ज्ञानेन्द्रको पनि साथ रहने छैन ।

पूर्वराजाले निर्वाचन सकिएलगत्तै झापाको हिमालय टी स्टेटमा राप्रपाका तीनवटै समूहका कनिष्ट नेताहरुलाई भेटेर एकताका लागि सबै शीर्षनेतालाई दबाव दिन भनेका थिए । पछि ज्ञानेन्द्र आफैंले पशुपति, लोकेन्द्र र कमल थापा लगायतका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेट गरे ।

चुनाव सकिएपछि राप्रपाका समूहलाई मिलाउन कस्सिएका पूर्वराजा ज्ञानेन्द्र चुनाव अघिसम्म चाहिँ एकीकृत राप्रपालाई फुटाउन र कमजोर पार्न लागिपरेका थिए ।
कमल थापा नेतृत्वको राप्रपाका एक केन्द्रीय नेताले अनलाइनखरसँग भने- चुनावअघि पूर्वराजा ज्ञानेन्द्रले रामकुमार सुब्बालगायतलाई नउचालेको भए राप्रपा यति कमजोर हुने थिएन । त्यसैगरी लोकेन्द्रबहादुरहरुलाई उनले सम्झाएको भए राप्रपा शायदै फुट्ने थियो ।

ज्ञानेन्द्रदेखि प्रचण्ड र ओलीसम्मलाई दोष

कमल थापा नेतृत्वको राप्रपाका नेताहरु आफ्नो पार्टी फुटाउन ज्ञानेन्द्रदेखि प्रचण्डसम्म अनि देउवादेखि ओलीसम्म लागिपरेको आरोप लगाउँछन् । चुनावअघि राणा समूहमा ४० प्रतिशत नपुग्दै राप्रपा फुटेको र त्यसलाई बैधानिकता दिइएको गुनासो कमल थापा पक्षको छ । ४० प्रतिशत नपुग्दा पनि अयोधीप्रसाद यादवले प्रचण्डको कुरा सुनेर पशुपतिसमशेरको पार्टीलाई बैधानिकता दिएको राप्रपा नेताहरुको आरोप छ ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपतिको समूहलाई बैधानिकता प्रदान गरेको गुनासो राप्रपा नेताहरुको छ ।

कमल थापालाई कमजोर बनाउन ज्ञानेन्द्र, माओवादी, कांग्रेस र दक्षिणतिरको शक्तिसमेत लागेको र राप्रपा कमजोर भएको राप्रपाका केन्द्रीय सदस्यको दाबी छ ।
प्रतिनिधिसभा चुनावको मुखमा केपी ओलीले कमल थापाप्रति नरम नीति अपनाए पनि रामकुमार सुब्बा समूहलाई उचाल्नमा आर्थिक लगानीसमेत गरेको राप्रपा नेताहरुको आरोप छ । राप्रपा स्रोत भन्छ- ‘केपी ओलीले आफ्ना मानिस खटाएर १२ भाइ सांसदलाई होटलमा राखेर संसदमा आउन नदिएको प्रमाण हामीसित छ ।’

चुनावमा राप्रपाले तेस्रो शक्तिको ठाउँ लिन्छ र आफूहरु पछि परिन्छ कि भन्ने डरले प्रचण्डले आफूहरुमाथि षडयन्त्र गरेको राप्रपाका नेताहरुको विश्लेषण छ । त्यसैगरी कमल थापा बलियो हुँदा आफ्नो भोट घट्ने डरले शेरबहादुर देउवाले राप्रपालाई फुटाउने खेल खेलेको आरोपसमेत राप्रपा नेताहरुको छ । ज्ञानेन्द्रले पनि अरुका कुरा सुनेर कमल थापालाई कमजोर पार्न खोजेको विश्लेषण राप्रपाभित्र हुने गरेको छ ।

ज्ञानेन्द्रसँग नजिकिने कि कांग्रेससँग ?

राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरु संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा छन् ।

तर, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत लगायतका नेताहरु गणतन्त्रलाई स्वीकार गर्दै नेपाली कांग्रेस र राजपासँग एकता गरी वृहत् प्रजातान्त्रिक शक्ति बनाउनुपर्ने पक्षमा छन् ।

राप्रपाका तीन समूहवीच पार्टी एकताका लागि वार्ता समूह बने पनि सुनीलबहादुर थापा पक्षचाहिँ कमल थापासँग भन्दा कांग्रेससँग नजिक देखिएको स्रोत बताउँछ ।
राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये विक्रम पाण्डे कांग्रेससँग मिल्न पनि ठीकै छन् भने पशुपतिसमशेरको पछि लागेर ज्ञानेन्द्रसँग पनि मिल्न तयार छन् । अर्का नेता दीपक बोहोराको स्थिति पनि पाण्डेको जस्तै हो ।

राजनीतिमा भन्दा आफ्नो पोजिसनमा ध्यान दिने भएकाले पाण्डे र बोहोरा जता फाइदा हुन्छ, त्यता लाग्न तयार रहेको स्रोत बताउँछ । पशुपतिसमशेरको पछि लागेर आफ्नो हित नहुने देखे भने पाण्डे र बोहोरा कुनै पनि बेला कांग्रेसमा जान सक्ने अनुमान राप्रपा प्रजातान्त्रिकका नेताहरुको छ । उनीहरु दुबैले गत चुनावमा चितवन र रुपन्देहीमा नेपाली कांग्रेेससँग सहकार्य गरिसकेका छन् ।

पाण्डेले ठेक्कापट्टाको कमिसनबाट अमेरिकाको न्युयोर्कमा घर बनाएका छन् । उता बोहोरा आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएकाले कुनै पनि बेला अख्तियारबाट तानिने अवस्थामा छन् । यही डरले उनीहरु आफूलाई सुरक्षित हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

सुनीलबहादुर थापाचाहिँ आफ्ना पिता स्व. सूर्यबहादुर थापाको लाइनको रक्षा गर्ने पक्षमा छन् । सूर्यबहादुर थापाले राजतन्त्र पुनस्थापनाको विरोध गरेको र गणतन्त्रलाई स्वीकार गरेको हुनाले आफूहरुले अब कांग्रेस र राजपासँग मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने सुनीलको तर्क छ ।

पूर्वपञ्चहरुको पार्टीभित्र देखा परेको अर्को रोचक आयाम के छ भने पूर्वराजा ज्ञानेन्द्रले चुनावपछि कमल थापामाथि भर गर्न खोजेता पनि स्वयं कमल थापाले ज्ञानेन्द्रसँग चित्त दुःखाएका छन् ।

ज्ञानेन्द्रले मूर्खतापूर्ण चलखेल गरेर पार्टी फुटाइदिएपछि थापा ज्ञानेन्द्रसँग चिढिएका हुन् । जसका लागि भनेर राजनीति गर्‍यो, उसैले आफ्नो पार्टी फुटाएपछि थापाले पूर्वराजासँग चित्त दुःखाउनु स्वाभाविकै हो ।

थापाले गत चुनावमा पूर्वराजा ज्ञानेन्द्रकै कुरा सुनेर एमालेसँग तालमेल नगरी कांग्रेससँग मोर्चाबन्दी गरेका थिए । एमालेसँग तालमेल गरेर चुनावमा गएको गएको भए कमल थापाहित कम्तिमा ३ सीट प्रतिनिधिसभामा पुग्ने चर्चा अहिले राप्रपाभित्र चलेको छ ।  राप्रपाका एक नेताले अनलाइनखबरसँग भने- हाम्रो अध्यक्षले दुईवटा कमजोरी गरेकै हो । एक- प्रचण्डको सरकारमा सहभागी हुनु र दोस्रो केपी ओलीले भन्दाभन्दै चुनावी तालमेल नगर्नु ।

अहिले फेरि  पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्रवादी धारको निर्माणका लागि नेपालगञ्जका मेयर धवलसमेशर राणाले राजीनामा दिनुपर्ने भन्दै कमल थापालाई सिमराको भेटमा अनाैठाे दबाव दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

कमल थापाको ‘थर्ड लाइन’ !

नयाँ संविधानलाई केही रिजर्भेसनसहित स्वीकार गरेका कमल थापा राप्रपा प्रजातान्त्रिकभित्रका लोभीपापीहरुलाई समेटेर भन्दा पनि आफ्नै वलबुँतामा शक्ति पुनःआर्जन गर्ने लाइनमा देखिएको सूत्रहरुको दाबी छ । राप्रपा समूहवीचको एकताको विरोध नगर्ने तर चुनावअघिको पार्टी विभाजनलाई बिर्सन नसकिने कमल थापा समूहका नेताहरु बताउँछन् ।

कमल थापानिकट एक नेताले अनलाइनखबरसँग भने- ‘हिजो पार्टी फुटाएर अन्तरघात गर्नेहरुले आज फेरि कुन आधारमा एकता गर्ने ? तिनीहरुलाई हामीले किन नेता मान्ने ? अब पार्टी एकता गर्ने नै हो भने अब कमल थापाकै नेतृत्वमा एकता हुनुपर्छ र पार्टी फुटाउने अन्तरघातीहरुलाई शीर्ष स्थान दिन सकिँदैन ।’

यसैवीच हेटौंडामा तीन दिनअघि आयोजना गरिएको युवा कार्यकर्ताहरुको प्रशिक्षणमा कमल थापाले नेपाली कांग्रेस राप्रपाको लाइनमा आउनैपर्ने अभिव्यक्ति दिए । सुनील थापाहरुले कांग्रेससँग एकता हुनुपर्ने लविङ गरिरहेका बेला कमल थापाको यो भनाइलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

के कमल थापाले पनि कांग्रेससँग एक हुन चाहेका हुन् ? अनलाइनखबरको प्रश्नमा थापा निकट एक नेताले भने- ‘त्यस्तो होइन, नेपाली कांग्रेस पनि राप्रपाको लाइनमा आउनुपर्छ भन्नुको अर्थ संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा नेपाली कांग्रेस आउनुपर्छ भन्न खोजिएको हो, कांग्रेस र राप्रपावीच पार्टी एकता हुनुपर्छ भन्न खोजिएको होइन ।’

अहिले बलियो वाम सरकार बनेको र सोको विपक्षमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकिरहेको अवस्थामा कमल थापामा दक्षिणपन्थी धारको वैकल्पिक नेता बन्ने महत्वाकांक्षा पलाएको सूत्रहरुको दाबी छ । यही महत्वाकांक्षा अनुसार थापा ज्ञानेन्द्रका पनि कुरा नसुन्ने र आफ्नै बुँतामा ‘थर्ड पोल’ बनाउने रणनीतिमा लागेको राप्रपाका एक नेताले सुनाए ।

यद्यपि राप्रपाभित्र अधिकांश कार्यकर्ताहरुमा चरम निराशा देखिएको छ । त्यो निराशालाई चिर्नकै लागि भए पनि पार्टी एकताको हल्ला चलाइएको स्रोत बताउँछ । तर, राप्रपाका तीन समूहको एकता तत्काल सम्भव नरहेकोमा तीनवटै समूहका नेताहरु कन्भिन्स छन् ।

पार्टी एकता गाह्रो

राप्रपा नेताहरुका अनुसार वार्ता कमिटीहरु बने पनि तीन समूहवीच पार्टी गाह्रो छ । किनभने, पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनी तीनै नेताहरु नेतृत्व छाड्न तयार छैनन् ।
उनीहरुका वीचमा लोकेन्द्रबहादुर चन्द विकल्प हुन सक्छन् । तर, चन्दबाट पार्टी चल्न सक्दैन । चन्दबाट चलाउनु भनेको दीपक बोहोराबाट पार्टी चलाउनुजस्तै हो । विगतमा चन्दले १६ वर्ष राप्रपाको नेतृत्व गरिसकेका छन् ।

यो अवस्थामा तीनवटै समूहबाट अहिलेका शीर्ष नेताहरु साइड लागेर नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने हुन्छ, जुन अहिलेसम्म सम्भावना देखिएको छैन ।

सूत्रहरुका अनुसार कमल थापालाई राजीनामा दिएर बुद्धिमान तामाङलाई राप्रपाको नेतृत्व सुम्पन र एकताको वातावरण बनाउन केही नेताहरुले विकल्प सुझाएको स्रोतको कथन छ । तर, राजीव पराजुली, राजेन्द्र लिङदेन र सुशील श्रेष्ठको दबावमा कारण कमल थापाले त्यसो गर्ने सम्भावना छैन ।

यद्यपि थापाले एकताको वातावरण बन्छ भने आफू त्याग गर्न तयार रहेको पार्टीभित्र बताउँदै आएका छन् ।

कोटेश्वरमा तीन घन्टासम्म जाम ! सरकार भन्छ-सुरुङ मार्ग बनाउँछौं

 कोटेश्वरबाट पूर्व बस्नेहरुलाई काठमाडौं प्रवेश गर्दा जाममा बस्नु नपरेको दिनै हुँदैन । अझ कार्यालय समयमा पर्‍यो भने त २/३ घन्टासम्मै जाममा नै वित्छ । सडक चौडा भएपनि जाम घटेको छैन, बरु बढेको छ ।

तर, सडक विभागले भने सुरुङमार्गको नारा दिन छाडेको छैन । अर्थमन्त्री युवराज खतिवडाले पनि बजेटमा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरिने उल्लेख गरेका छन् ।
अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर सुरुमार्ग बनाइने उल्लेख थियो । नयाँ बनजेटमा तीनकुने-जडिबुटी खण्डमा सुरुङ बनाइने उल्लेख छ ।
सडक विभागले विमानस्थलमुनी सुरुङ तयार पार्ने काम आफ्नो इच्छाले मात्र सम्भव नरहेको राय राष्ट्रिय योजना आयोगलाई दिएको थियो । तर, बजेटमा परेपछि अध्ययन अघि बढाउने योजना बनाएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।


यसबारे नेपाल नागरिक उड्ययन प्राधिकरणसँग छलफल गर्न बाँकी रहेको उनले बताए । सडक विभागले गत वर्ष नै विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव दिएको थियो ।

नागरिक उड्डयन बेखबर

तर, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु यो परियोजनाबारे नै अनभिज्ञता प्रकट गर्छन् ।

लगातार दुई वर्ष बजेटमा कसले समेट्यो भन्ने समेत थाहा छैन । ‘यो योजनाबारे मलाई औपचारिक जानकारी आएको छैन’ विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले अनलाइनखबसँग भने, ‘विमानस्थल स्तरोन्नतिसँग सुरुङमार्ग सम्बन्धित छैन ।’

उड्ययन अधिकारीहरु विमानस्थलमुनी सुरुङमार्ग बनाउन आर्थिक र प्राविधिक हिसाबबाट सम्भव नरहेको बताउँछन् । सुरुङ बनाउँदा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउन सक्ने नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले बताए ।

यद्यपि शंका निवारणका लागि भए पनि सम्भाव्यता अध्ययन गर्दा फरक नपर्ने विज्ञहरुको भनाइ छ । अहिले त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तारको काम भइरहेको छ, जसअनुसार कोटेश्वरतर्फ तीन सय मिटर धावनमार्ग विस्तार हुँदैछ ।

धावनमार्ग विस्तारपछि विमानस्थलको ‘रनवे-सिग्नल लाइट’ हाल सेनाको क्याम्पसहितको भीओआररडीएमई उपकरण रहेको स्थानतर्फ करिब तीन सय मिटर दक्षिण धकेलिने छन् । अहिले सडकको छेउसम्म सिग्नल लाइट छन् ।

धावनमार्ग विस्तारपछि सिग्नल लाइटको व्यवस्थापनका लागि सडकमाथि सानो बि्रजिङ -पुल निर्माण) गर्नुपर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

सडककै कारण अहिले विमानस्थलको व्यवस्थापनमा ठूलो समस्या नरहेकाले सुरुङमार्ग निर्माणका लागि कुनै सुझाव पनि नदिएको उड्डयन अधिकारीहरु बताउँछन् । तर, सडक विभागका अधिकारीहरु भने काटेश्वरको हुने गरेको जाम हटाउन सम्भव देखिएकाले सुरुङमार्ग बनाउनु पर्ने बताइरहेका छन् ।

विज्ञ भन्छन्ः यो समाधान होइन

पूर्वाधारविदहरुले पनि जाम हटाउन सुरुङमार्ग बनाउने योजना उपयुक्त नभएको बताउँछन् ।

प्रा. सूर्यराज आचार्य प्रति प्रश्न गर्छन्, ‘सुरुङमार्ग बनेपछि कोटेश्वरको जाम त हट्ला तर, बानेश्वरमा त्यस्तै जाम हुन्छ । अनि यहाँ पनि सुरुङमार्ग बनाउने हो ?’

उनले सहरी यातायातबारे ठोस योजना बनाएर मात्र काम गर्न सुझाव दिएका छन् ।

नेपालमा अन्धोपन बनाउने खस्रे रोग बल्झन सक्छ ?

ट्रकोमा रोग निवारण गर्नेमा नेपाल दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमध्ये नै पहिलो भन्दै विश्व स्वास्थ्य संगठनले गत वैशाख ११ गते नेपाललाई ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देशको रुपमा प्रमाणित गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको ७१ औ महासभामा भाग लिने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई विश्व स्वास्थ्य संगठनले ट्रकोमा उन्मुलन गर्ने देश भनेर समेत प्रमाणपत्र दिएको थियो ।

नेपालबाट ट्रकोमा रोग निवारण भएसँगै ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी राष्ट्रहरूमा नेपाल पहिलो स्थानमा रहेकेा छ ।

‘दक्षिण पुर्वी एसियाली राष्ट्रहरूमध्य नेपाल ट्रकोमा नभएको देशमा पर्नु आफैमा खुशीको कुरा हो । तर यसमा जति धेरै खुशी छ, चुनौती पनि उत्तिकै छ’, नेपाल नेत्रज्योती संघका अध्यक्ष प्रा. डा. तीर्थ प्रसाद मिश्रले भने ।

विशेषगरी, खुला सिमाना, स्वास्थ्य सेवाको पहुचमा कमी लगायतका कारण पनि नेपालबाट निवारण भइसकेको ट्रकोमा रोग फेरी बल्झन सक्ने हुँदा चुनौतीहरू धेरै रहेको उनले बताए ।


विशेषगरी, उत्तर प्रदेशका केही क्लस्टरहरूबाट आफूहरूले डाटा संकलन गर्ने क्रममा त्यहाँका विरामीहरूले नेपाल आएर यहाँका आँखा अस्पतालहरूमा ट्रकोमा रोगको शल्यक्रिया गरेको पाइएकले पनि ट्रकोमा निवारणमा प्रशस्त चुनौतीहरू रहेको नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक शैलशकुमार मिश्रले बताए ।

उनले भने ‘ उक्त प्रदेशको डाटा संकलन गर्ने क्रममा त्यहाँका विरामीले ट्रकोमा रोगको शल्यक्रिया नेपालमा आएर गर्ने गरेको पाइएसकेपछि भने हामी ढुक्क हुने अवस्थामा छैनौ । ‘ ।

यद्यपी, नेपालबाट निवारण भइसकेको ट्रकोमा रोगको जोखिम कम गर्न संघले खुला सिमाना भएका तराईका जिल्लाहरूमा आवश्यक निगरानी बढाउन सुरु गरेको उनले बताए । त्यसैगरी, स्वास्थ्य मन्त्रालयसितको सहकार्यमा ती जिल्लाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिने तयारी समेत भइरहेको संघले जनाएको छ ।

के हो अन्धोपन ल्याउने खस्रे रोग

बोलीचालीको भाषामा खस्रे रोग भनेर चिनिने ट्रकोमा एक सरुवा रोग हो । मानिसलाई दृष्टिविहिन गराउन सक्ने आँखाको विभिन्न रोगहरूमध्य यो एक प्रमुख सरुवा रोग हो ।

आखाको माथिल्लो ढकनीको भित्र ल्केमेडिया ट्रकोमाटीस भन्ने व्याक्टेरियाको संक्रमण भएमा यो रोग लाग्छ । सरसफाईको कमी तथा झिंगाका कारण पनि यो रोग एकव्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

ट्रकोमा रोगको जोखिममा विशेषगरी एक देखि नौ वर्ष सम्मका बालबालिका रहने गरेका छन् । उनीहरूलाई ट्रकोमा भएमा यो रोग बच्चाबाट आमा, बाबु , दिदीबहिनी लगायतका घर परिवार तथा समाजमा सर्ने गर्छ ।

नेपालबाट ट्रकोमा रोग निवारण भएसँगै नेपाल दक्षिण पूर्वी एशियामा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देशको रुपमा सुचीकृति भएको छ ।

कुनै पनि देशमा ट्रकोमा रोग निवारण हुन ती देशका एक वर्ष देखि नौ वर्षका बालबालिकामा ट्रकोमा रोगको जोखिम पाँच प्रतिशत भन्दा कम रहेको हुनु पर्छ ।
सन् १९८१ मा गएकिो एक सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको ६५ प्रतिशतमा मानिसमा अन्धोपना रहेको पाइएमा उक्त अन्धोपन मध्य पनि २.४ प्रतिशत अन्धोपना ट्रकोमाको कारण भएको पाइएको थियो । त्यतिबेलामा नेपालमा मोतियाविन्दु पछि अन्धोपनाको
दोश्रो मुख्य कारणमा ट्रकोमा रहेको पाइएपछि सन् २०१७ सम्ममा नेपालबाट ट्रकोमा रोग उन्मुलन गर्ने उद्देश्यले नेपाल नेत्र ज्योती संघले सन् २००२मा ट्रकोमा रोग निवारणका लागि ट्रकोमा रोगबाट प्रभावित जिल्लाहरूमा ‘राष्ट्रिय ट्रकोमा कार्यक्रम’ सञ्चालन गरेको थियो ।

जस अन्तगर्त संघले नेपालका ७७ वटै जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोप सम्बन्धि सर्वेक्षण सम्पन्न गर्नुका साथै ट्रकोमा रोगबाट सर्वाधिक प्रभावित २० जिल्लाहरूको पहिचान समेत गरेको थियो ।

ती जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, रोल्पा, बैतडी, दैलेख, रुकुम, दाङ्ग, सुर्खेत बाके, बर्दिया, कफिलवस्तु , नवलपरासी वारा, पर्सा रौतहट,सलार्ही , रसुवा रहेका छन् ।

ती जिल्लाहरूमा संघले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सेफ रणनिति अनुरुप आँखाको शल्यकि्रया गर्ने, ट्रकोमा प्रभावित जिल्लाहरूमा आम औषधी वितरण गर्ने, आँखा, अनुहार र हातको सफाई गर्ने, तथा वातारण सुधार गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यसैको आधारमा संघले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गरिएका जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोपका स्थितिको मुल्याङ्गकन गर्न आवश्यक निगरानी सर्वेक्षण गरेको थियो । उक्त निगरानी सर्वेक्षणबाट आएको नतिजाकै आधारमा संघले निवारणको प्रकि्रया अघि बढाएको थियो ।

सो क्रममा नेपालका विभिन्न अस्पतालहरूमार्फत ४५ देखि ५० हजारको हाराहारीमा ट्रकोमा रोगको पहिचान भई शल्यकि्रया सम्पन्न भएको थियो । जसमध्य नेपाली ३० हजार तथा विदेशी २० हजार रहेको पाइएको थियो ।

जबरजस्तीकरणीको आरोपमा काभ्रेली समूहका डन ‘स्याल’ समातिए

आफ्नै रेस्टुरेन्टकी कर्मचारीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप

काठमाडौं । काभ्रेली समूहमा अाबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।


काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक उनले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले अनलाइनखबरलाई बताए ।

काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ ।