Videos

Funny Videos

Wednesday, June 13, 2018

चिनियाँ कम्पनीलाई डेटा बाँड्दै फेसबुक

अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी फेसबुकले प्रयोगकर्ताका डेटा अन्यत्र बाँडेको समाचार सेलाउन नपाउँदै अर्को यस्तै तथ्य सार्वजनिक भएको छ । चिनियाँ ह्यान्डसेट उत्पादक हुआवेई, लेनोभो, ओप्पो, टिसीएललगायतका कम्पनीलाई अवैध रुपमा प्रयोगकर्ताका डेटा बाँडेको अभियोग फेसबुकलाई लागेको छ ।


चीनमा सन् २००९ देखि फेसबुक प्रतिबन्धित छ । केही वर्षयता यसका संस्थापक मार्क जुकरबर्ग चीनमा फेसबुक संस्कृति पुन:स्थापना गर्न लागिपरेका छन् । तर, यस्तो गैरकानुनी तरिकाले डेटा बाँडेको तथ्य सार्वजनिक भएपछि चीनले फेसबुकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना न्यून देखिएको छ ।

फेसबुकका पदाधिकारीले भने यी सबै अभियोग गलत भएको बताएका छन् । भन्छन्, “हामीले प्राप्त गरेका डेटा सर्भरमा नभई फोनमा मात्र स्टोर हुन्छन् ।” तर, यसको थप पुष्टि नहुने बेलासम्म विश्वास गरिहाल्ने आधार भने छैन ।



No comments:

Post a Comment